|

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण शुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति बेपत्ता रहेको जनाएको छ ।

बालबालिका, सर्वसाधारण र सेना गरी करिब ३७ हजार मानिस बेपत्ता भएको युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए।

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध शुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए। 

मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन्।

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा छ। युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौँको ज्यान लिइसकेको छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ।

स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक सङ्ख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.