|

एजेन्सी : स्पेनिश क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो।

घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले दोस्रो लेगमा अग्रता लिँदै समग्रमा २-२ को बराबरी गर्यो।

त्यसको पाँच मिनेट पछि लेफ्ट-ब्याक इयन माट्सेनले दोस्रो गोल गर्दै समग्रमा घरेलु टोली डर्टमुण्डले अग्रता लिन सफल भयो।

४९औं मिनेटमा आत्मघाती गोलको मद्दतमा एट्लेटिको म्याड्रिडले समग्रमा टाईमा बराबरी गर्यो। कर्नर किकमा मारियो हर्मोसोको हेडर पश्चात म्याट्स हुमेल्सले आत्मघाती गोल गरे।

६४औं मिनेटमा एट्लेटिकोले अर्को गोल गर्यो। रोमान रिकेल्मेको प्रहार डर्टमुण्ड गोलरक्षक कोबेललें बचाएपछि एन्जल कोरेयाले दोस्रो पटकमा गोल गर्दै एट्लेटिको लाई समग्रमा अग्रता दिलाए।

७१औं मिनेटमा डर्टमुण्डका निकोलास फुलक्रुगले हेडर मार्फत गोल गर्दै पुनः समग्रमा बराबरी गरे। त्यसको तीन मिनेट पछि डर्टमुण्डले अर्को गोल गर्यो।

 डर्टमुण्डले अब फाइनल प्रवेशका लागि फ्रेन्च टोली पेरिस सेन्ट जर्मान विरुद्ध खेल्नेछ।

च्याम्पियन्स लिगमा आज राति थप दुई क्वाटरफाइनल दोस्रो लेगमा खेलहरु हुनेछन्। रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना गर्दा आर्सनल र बायर्न म्युनिख भिड्ने छन्। दुवै खेलको पहिलो लेग बराबरीमा सकिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.