|

काठमाडौं : झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। 

मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र हिजो बेलुकी हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए। स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो। हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टाअघि मारिएको हुनसक्ने वन प्रमुख राईले बताए।  

दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकाले  घटनाको विस्तृत विवरण पोष्टमार्टम गरेपछि मात्र खुल्ने वन प्रमुख राईले जानकारी दिए।  यससँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको पाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.