|

काठमाडौं : ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन्। बुधबार काठमाडौंमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले यस्तो बताएका हुन्।

उनले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रिन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताए। मन्त्री बस्नेतले स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे। उनले विश्व लागि ग्रिन अर्थतन्त्रमा गइसकेको बताए।

उनले नेपालसँग भएका पेट्रोलियम पदार्थलगायत जलस्रोतको प्रयोगभन्दा पनि आयातमा रमाइरहेको बताए। उनले आफूसँग भएका स्रोतको सही ढङ्गले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी गरे। मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरु बनाएर जान आवश्यक देखिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.