|
फाइल तस्वीर

काठमाडौँ : आईसीसी टी-२० अन्तरराष्ट्रिय वरीयतामा नेपाल एक स्थान खस्किएको छ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (बुधवार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औँ स्थानमा झरेको हो। यसअघि नेपाल १६औँ वरीयतामा थियो।

नेपाललाई पछि पार्दै यूएई १६औँ स्थानमा उक्लिएको छ। नेपालले १७३ रेटिङ प्वाइट पाएको छ।

टी-२० को पहिलोदेखि १०औँ स्थानमा क्रमशः भारत, इङल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इण्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.