|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै यही वैशाख ६ र ७ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको हो। उक्त कार्यक्रममा खोप लगाउन छुटेका बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ।

नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ। खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ।

सोही अभियानअन्तर्गत राजधानीका विभिन्न वडामा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.