|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार बिहीवार दिउँसो करिब साढे एक बजेको समयमा ४३ वर्षीय मनोहर पवँरले पैसा राखेको झोला गुमाएका थिए। 

पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने कालिगड पवँर पोखरा महानगरपालिका–९ नयाँ बजारमा रहेको कृषि विकास बैङ्कमा उक्त रकम जम्मा गर्न हिँडेका थिए। रकम राखिएको झोला मोटरसाइकलको ‘लेग गार्ड’ मा झुन्डाएका थिए तर झोला बाटोमै खसेपछि प्रहरीमा खबर भयो। 

तत्कालै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी शर्माको नेतृत्वमा झोलाको खोजीमा प्रहरी खटियो। खोजतलास गर्दै जाँदा भारत घर भई हाल पोखरा महानगरपालिका–३ पालिखे चोकमा बस्ने ६५ वर्षिय छोटुलाल शर्माले झोला फेला पारेको तथ्य प्रहरीले पत्ता लगायो।

पैसाको झोला फेला पारेका शर्माकै रोहबरमा माता श्री ज्वैलर्सका सञ्चालक ध्रुव कुमार सुनारलाई उक्त रकम बुझाइएको कास्की प्रहरीले बताएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.