संकल्प प्रस्ताव पारित, अधिवेशन पनि अन्त्य

|

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू संविधानअनुसार नै मुख्‍यमन्त्री बनेको र संविधानअनुसार नै अघि बढ्ने बताएका छन्। शुक्रबार प्रदेशसभामा माओवादी र एमालेले दर्ता गरेको संकल्प प्रस्तावमाथि जवाफ दिँदै उक्त प्रस्ताव फिर्ता लिनसमेत उनले माग गरे।

कोशी प्रदेशसभाको हिजोको बैठकमा एमाले प्रमुख सेचतक रेवतीरमण भण्डारीले प्रस्तुत गरेको प्रस्तावमाथिको छलफल सकिएपछि आज जवाफ दिँदै सर्वदलीय सरकारका लागि तयार रहेको बताए। केन्द्रको नयाँ सत्ता गठबन्धनमा रहेका दलहरुको सरकार बनाउन नेकपा एमालेले अल्पमतमा रहेका मुख्यमन्त्री कार्कीलाई मार्गप्रशस्त गर्न माग गरे पनि एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका कार्की पद छोड्न तयार नभएका हुन्।

मुख्यमन्त्री कार्कीले आफू संविधानको अन्तिम विकल्पमार्फत नियुक्त भएको र एकपटक विश्वसको मत पाइसकेकाले दुई वर्षसम्म विश्वासको मत लिनु नपर्ने जिकिर गर्दै आएका छन्।  यद्यपि, संकल्प प्रस्ताव भने बहुमतले पारित भइसकेको छ। प्रस्ताव पारित भएसँगै सभामुखले संसद्‌ अधिवेशन नै अन्त भएको घोषणासमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.