|

काठमाडौँ : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो दाबी गरेका हुन्। उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए।

उनले गठबन्धनमा रहेका दलहरूबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमबाट स्पष्ट हुने बताए। उनले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गरे।

उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताए। उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा नेपाली काँग्रेस सचेत र सजग रहेको बताए।

महतले भने, ‘अहिलेको गठबन्धन अप्राकृतिक किसिमबाट बनेको छ। एक अर्काप्रति विश्वास छैन। विभिन्न प्रदेश सरकार बनाउने क्रममा होस्, केन्द्रकै विभिन्न निर्णयमा होस्, त्यहाँ विश्वासको रत्तिभर अंश छैन। बजेट पनि जनताकै पक्षमा खर्च हुनुपर्छ, जथाभावी गर्ने छुट कसैलाई छैन भन्ने मान्यताका साथ हामीले काम गरिरहेका थियौँ। कतिलाई आफूखुशी गर्न पाइएन भन्ने लागिरहेको रहेछ। यो अवसर छोप्नका लागि बनेको गठबन्धन हो।’

प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि जनतामा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताए। अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.