|

काठमाडौँ : नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने बताएका छन्। 

शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न आग्रह गरे।

उनले भने, ‘इलामले अब परिवर्तन खोजेको छ। विकासका बाँकी काम गर्न इलामले काँध फेर्न खोजेको छ। 

अब सुवास नेम्वाङको युगबाट नयाँ युगमा जाँदै गर्दा एउटा बलियो काँध लिएर हिजो सुवास नेम्वाङसँग केवल ११४ मात्रै मतले उपविजेता भएका उम्मेदवार अब दुई हजार बढी मतले जितेर उहाँका कामलाई पूरा गर्ने संकल्प गर्नुहुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.