|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन्।

धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए।

केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो। नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था नरहेको बताए।

कम्युनिष्ट आन्दोलनको मूलधार आफ्नो पार्टी भएको भन्दै उनले निष्ठावान कार्यकर्ता र जनताको बलमा पार्टीको अस्तित्व कायम गर्ने प्रष्ट पारे। 

उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लडेर जित्ने दृढताका साथ सङ्गठन विस्तार गर्नुपर्ने र अबको मुख्य कार्यभार सङ्गठन सुदृढीकरण गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.