|

शुक्रवार र बिहीवार पाकिस्तानबाट ८ सय भन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका छन्। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले यसबारेमा जानकारी दिएको हो।

कुल ८३७ शरणार्थीहरू पाकिस्तानबाट तोर्खाम र स्पिन बोल्दाक सीमा नाका हुँदै अफगानिस्तान फर्किएका छन्। पाकिस्तान सरकारले अप्रिल १५ बाट अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण शुरु गरेको र पहिलो चरणमा ५ लाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्किएका अफगान अधिकारीहरूले बताएका छन्।

अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन बारम्बार आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.