|

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारणका बारेमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्ने बताएकी छन्। सोमबार नेकपा(एमाले)ले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

उनले कम्युनिस्ट आन्दोलनको हिरक जयन्ती मनाउँदै गर्दा समग्र आन्दोलनको गहन समीक्षा गर्नुपर्ने बताइन्। उनले नेपाली कम्युनिस्ट आन्दोलनको पटक–पटक टुटफुट र विभाजन भएको भन्दै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकांक्षा, अवसरवाद र भड्काव हावी हुँदा भएको हो भन्ने सम्वन्धमा समीक्षा हुनुपर्ने बताइन्।

कम्युनिस्ट आन्दोलनको विभाजनको सन्दर्भमा ठोस निष्कर्ष निकाल्न नसक्दा भविष्यमा थप सफलता हासिल गर्न नसकिने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरुले लिएको नीति र आदर्शमा विचलित आएको छ कि भनेर बेलाबेलामा समिक्षा गर्नुपर्ने पनि बताइन्। पूर्वराष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु अबको मुल गन्तव्य भएको बताइन्।

उनले भनिन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हिरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समिक्षा समेत गरिनुपर्दछ भन्ने मलाई लागेको छ। सँगै स्थापना भएका अरु देशका कम्युनिस्ट पार्टीले किन, के, कति सफलता हासिल गरे ? र के–कस्ता विफलता बेर्होर्नुप¥यो ? नेपाली कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट र विभाजन र साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकांक्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाई हुन्छ।’

पूर्वराष्ट्रपति भण्डारीले महत्वपूर्ण विषयहरुमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाएर अगाडी बढ्नुपर्ने बताइन्। उनले छिमेकी मुलुकहरु भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.