|

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट भने आज हेर्दाहेर्दैमा परेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा आज भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्देमा परेको हो।

सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दावी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए।

निर्वतमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका थिए। यस मुद्दाको अर्को सुनुवाई वैशाख १७ गते हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.