|

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गरेपछि लक्ष्मणकिशोर चौधरीले उक्त निर्णय तत्काल कार्यान्वयन नगरी आफूलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न भनी अन्तरिम आदेश जारी गर्न माग गरेका थिए। 

रिटमा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। आगामी वैशाख २० गतेभित्र सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न आदेश सर्वोच्चले दिएको थियो।

इजलासले यही वैशाख ६ गते प्रदेश प्रमुखले मुख्यमन्त्रीमा सोडारीलाई नियुक्त गरेको सम्बन्धित सक्कल कागजातसमेत झिकाउने आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। 

उनका अनुसार इजलासले यो मुद्दालाई अग्राधिकार दिँदै पूर्ण सुनुवाइका लागि वैशाख २३ गतेको पेशी तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.