|

काठमाडौँ : गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पिनशिपमा आज कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य गण्डकीले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। 

गण्डकीका लागि दिनेश बुढामगरले सर्वाधिक ३३ रनको योगदान दिए भने ईश्वर क्षेत्रीले २५ रन बनाए। अर्जुन कुमालले २४, अर्जुन रायमाझीले अविजित २३, कप्तान विपिन खत्रीले अविजित १८, दीपक डुम्रेले १८ र अमृत गुरुङले १२ रन बनाए।

कोशीका लागि प्रकाश कार्कीले २ विकेट लिए भने श्रवण यादव, दीपेश कँडेल, ज्ञानेन्द्र श्रेष्ठ र श्रवण किस्कुले १/१ विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले  निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५५ रनको योगफल बनाएको थियो। 

कोशीका लागि सोनु अन्सारीले ४४, मिनाश थापाले ४३, कप्तान अङ्कित सुवेदीले ३२, श्रवण यादवले अविजित २१ तथा दीपेश कँडेलले १० रन बनाएका थिए।

गण्डकीका लागि सुवास भण्डारीले ३ तथा विपिन खत्री र अमृत गुरुङले १/१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.