|

काठमाडौँ  : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलस्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन्। 

बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौँमा शुरु भएको चौथो हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपालसँग करिब ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको रहेको र अबको तीन महिनाभित्र थप तीन सय मेगावाट उत्पादन हुने बताए।

उनले आगामी १२ वर्षभित्र २८ हजार ७ सय मेगावाट उत्पादनको लक्ष्यसहितको विद्युत् विकासको रोडम्याप र एक्शन प्लान तयार पारेको पनि बताए। उनले वन क्षेत्र, जग्गा प्राप्तिका सवाल कायम रहेको भन्दै नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको बताए।

उनले सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानुनको नीतिगत सुधारका काम अघि बढाएको बताए। उनले यसले लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे। उनले नेपालको आर्थिक समृद्धिको निम्ति जलस्रोत र जलविद्युत्‌को क्षेत्र निकै महत्त्वपूर्ण रहेको बताए।

उनले भने, ‘हामीले जलस्रोतको सम्भावनाको प्रचुरताको सदुपयोग गर्न सकिरहेका छैनौँ। हामीसँग वन क्षेत्र उपलब्ध गर्ने सवाल छन्, जग्गा प्राप्तिका सवाल छन्, कानूनी समस्या छन्, नेपाल ऐन संशोधनमार्फत सम्बोधन गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानुनको नीतिगत सुधारका काम अघि बढाएका छौँ। यसले लगानीमैत्री वातावरण निर्माण गर्नेछ।’

कार्यक्रममा नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एक मुख्य क्षेत्र ऊर्जा रहेको बताए। उनले जलविद्युत् लगायतका ऊर्जा आयोजनाको नियमित निर्माणले ऊर्जा आयोजनामा सामान आपूर्ति गर्ने विभिन्न क्षेत्रका दर्जनौँ व्यवसायको जीवनयापन भएको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.