|

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताएका छन्।

लगानी सम्मेलनको सम्मुखमा उनले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताए। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि सोही कुरामा केन्द्रित रहेर आउने दाबी गरे।

मन्त्री भण्डारीले सरकारले जनतामा विद्यमान निराशालाई चिरेर अघि बढ्ने गरी न्यूनतम साझा नीतिगत प्राथमिकता र संकल्प अघि सारेको पनि दोहोर्‍याए। उनले सरकारले तयार पारेको नीतिगत प्राथमिकता र संकल्पको आधारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आउने पनि बताए।

मन्त्री भण्डारीले भने, ‘हामी सरकारमा छौं। यतिखेर लगानी सम्मेलनमार्फत बाह्य पुँजी र राष्ट्रिय पुँजीलाई हामीले उत्पादन, व्यवसाय र उद्यमशीलतासँग जोड्नुपर्ने आजको आवश्यकता छ। त्यसैगरी हामी नयाँ आर्थिक वर्षको पनि सम्मुखमा छौं। नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि हामी तयारीमा रहेका छौं। अहिलेसम्म नीति एकातिर हुन्थ्यो, बजेट अर्कोतिर। त्यसैले हामीले नीतिगत प्राथमिकता बजेटले पछ्याउने गरी, बजेटले नीतिलाई सम्बोधन गर्ने गरी सरकारले यसलाई प्राथमिकतामा राखेको छ।’

मन्त्री भण्डारीले वर्तमान सरकारले नीतिगत आधारित बजेटको व्यवस्था गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.