|

काठमाडौँ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा दलतन्त्र हावी भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताएका छन्।

शनिवार काठमाडौँमा साह नेतृत्वको आम जनता पार्टी (आजपा) र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकता पार्टीबीच भएको एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दलतन्त्रले जनतालाई ठगिरहेको आरोप लगाए।

उनले नेपालको दलतन्त्रको शासनप्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए। उनले दलीय शासनप्रणाली नेपालका लागि राम्रो नहुने बताए। उनले देशमा मुठिभर मान्छेले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति रहेको भन्दै आफूहरूको आन्दोलन जनताले नै शासन गर्न पाउनुपर्ने माग रहेको बताए। उनले अहिलेको प्रणाली भनेको लोकतान्त्रिक प्रणाली नभएको जिकिर गरे। उनले जनतालाई दबाउने, जनतालाई ठग्ने प्रणाली लोकतन्त्र हुन नसक्ने बताए।

साहले भने, ‘अहिले जुन दलतन्त्र र यो गलत मानिसहरूले नकाब बनाएर जनतालाई ठगिरहेका छन्। त्यसलाई चिर्न जरुरी छ। त्यसलाई बदल्न जरुरी छ। नेपालको यो शासन प्रणाली, जसलाई हामी दलतन्त्र भन्छौँ, यसको विकल्प दिन जरुरी छ। पार्टी, पार्टीको दलीय शासन प्रणाली, पार्टीको सिन्डिकेट र पार्टीभित्र पनि निश्चित गुटको सिन्डिकेट छ। गुटका नेताहरू र उनीहरूका आसेपासेले देशमा मुठिभर मान्छेहरूले राज गर्ने र बाँकी जनता शासित भएर हेर्नुपर्ने स्थिति छ। हामी यसको अन्त्य गर्न चाहन्छौँ।’

अध्यक्ष साहले बेइमानी राजनीतिलाई इमान्दार बनाउने काममा आफू लागेको बताए। उनले मतदातालाई देखाएको सपना निर्वाचित व्यक्तिले पूरा गर्न सक्नुपर्ने बताए। उनले आफ्नो दलले वैशाख २० गतेदेखि भन्सार विभाग घेराउ गर्ने पनि चेतावनी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.