बझाङ : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार नै अगाडि रहेका छन्।
पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले ३७४८ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ३१८२ र माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले २००६ मत प्राप्त गरेका छन् । एमाले र कांग्रेसको मतान्तर ५६६ रहेको छ।
एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११४० मत पाएका छन्। शनिबार सम्पन्न उपनिर्वाचनको मत गणना कडा सुरक्षाका बीच भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।