|

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार मत कटाएका छन्।

३९ हजार ४ सय २५ सदर मत गणना हुँदा सुहाङले १६ हजार २  सय १९ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १० हजार ५ सय ५७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय ६२ रहेको छ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ८ सय २५ मत प्राप्त गरेका छन्।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ६ सय ४५ मत ल्याएका छन्।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.