|

जनकपुरधाम : धनुषाको नगराइनमा सोमबार मृत फेला परेका युवक भारतीय रहेको मंगलबार पहिचान खुलेको छ।

मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउद्दिन रहनुभएको धनुषा प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार नवाउद्दिनको सोमबार बिहान धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ आँपको बगैंचामा बेवारिशे शव फेला परेको थियो।

उनको सोमबार पहिचान खुलेको थिएन।

अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख तिवारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.