|

काठमाडौँ : काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा भोलि (वैशाख १९ गते)बाट उक्त मेला आयोजना गर्ने भएको हो। मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताइन्।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि उक्त मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन्।

उपमेयर डंगोलले भनिन्, ‘सीप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने उद्देश्य लिएका छौँ। सीप मेला भोलि शुभारम्भ हुँदै छ। हामीले शिक्षालाई सीपसँग र सीपलाई श्रमसँग जोड्नुपर्छ। श्रमलाई बजारसँग जोड्नुपर्छ।’

मेलामा तालिमका लागि अटो मोबाइल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्ट्स, ब्युटिसिएन, डिजाइनिङ र पुरोहित रहेका छन्। सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौँ महानगरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.