|

काठमाडौं : मेची राजमार्गअन्तर्गत रोङ–४ को बाघखोरमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

मारुती भ्यान दुर्घटना हुँदा चालक देउमाई नगरपालिका-६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका नायब उपरीक्षक प्रकाश जबेगूले जानकारी दिए।

भ्यानमा सवार इलाम नगरपालिका-५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन्। उपाचारका लागि उनलाई झापा पठाएको प्रहरी नायब उपरीक्षक जबेगूले जानकारी दिए। 

बुधबार बिहान झापाबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना भएको हो। भ्यान राजगमार्गबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.