|

काठमाडौं : आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरी मातातीर्थ औँसी मनाइँदै छ। बिहानै उठी नुहाई धुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् , दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको चन्द्रागिरिमा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ।

मातातीर्थ मन्दिरमा बिहानै देखि मातातीर्थ कुण्डमा स्नान गर्नेहरूको भीड छ। मेलामा सहभागी भई कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.