|

सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याब्सन कप टी–ट्वेन्टी क्रिकेटको उपाधि उषा बालबाटिका माध्यमिक विद्यालयले जितेको छ। फाइनल खेलमा सुर्खेत होराइजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले जीत हासिल गरेको हो। 

स्थानीय कालुङचोक मैदानमा टस  जितेर पहिले व्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाएको थियो।

उषाका लागि प्रवेश खानले १७ र दीपक थापाले १५ रन बनाउँदा होराइजनका सुमित माझी, ज्ञानबहादुर मास्की र पुष्पराज सुवेदीले २/२ विकेट लिए।

जवाफमा ८६ रनको लक्ष्य पछयाउँदै व्याटिङ गरेको होराइजन निर्धारित ओभरमा ७ विकेट गुमाएर ६७ रनमा समेटिएको हो। उषाका दीपक थापा र सरोज कोइरालाले २/२ विकेट लिए।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेर सामान्य स्कोरको अवस्थामा रोक्न सफल भए पनि व्याटिङमा जम्न नसक्दा होराइजन नतिजा सुम्पन बाध्य भयो।

खेलमा अन्तिमतिर ३० बलमा ३५ रन चाहिए पनि होराइजनका व्याट्सम्यानलाई उषाका बलरले खुलेर खेल्न नदिँदा खेल आफ्नो पक्षमा पार्न सफल भयो। फाइनलमा म्यान अफ द म्याच उषाकै दीपक थापा भए।

प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई यही पुस २४ गते प्याप्सन दिवशको अवसरमा ट्रफी, मेडल र प्रमाणपत्र दिइने प्याब्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले जानकारी दिए। 

यस्तै, बेस्ट व्याट्सम्यान, बलर र म्यान अफ द सिरिजलाई पनि २४ गते नै ट्रफी प्रदान गरिने उनको भनाइ छ। प्रतियोगितामा १२ टिम सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.