सरकारी कार्यालयमा कालो झन्डा र तोडफोड

|

    डोटी : डोटीमा शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।

    झडपका क्रममा एक दर्जन आन्दोलनकारी र ५ जना प्रहरी घाइते भएका छन्।  घाइते हुनेहरुमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी, सायल

    गाउँपालिकाका उपाध्यक्ष  बिस्ना सिंह, माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन जोशी,  आन्दोलनकारी सुशील घर्ती, शेरबहादुर मल्ल, मेरिना श्रेष्ठ, विजयराज ओझा सहितका एक दर्जन आन्दोलनकारी घाइते भएका छन्।

    झडपमा प्रहरी तर्फका इन्सपेक्टरसहित ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मधुसुधन लुइँटेलले जानकारी दिएका छन्। दुई जना घाइते प्रहरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।  घाइते आन्दोलनकारी  अझै थपिने अनुमान गरिएको छ।

    ३ दर्जन अश्रुज्ञास प्रहार

    आन्दोलनकारीले जिल्ला प्रशासन कार्यलयमा सुरक्षामा रहेका प्रहरीमाथि ढुंगामुडा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि ३ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार  गरेको छ।  डोटीमा स्थिति तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गर्नु परेको  प्रशासनले बताएको छ।

    पत्रकारमाथि कुटपिट

    समाचार रिर्पोटिङ लागि खटिएका पत्रकारमाथि पनि प्रहरीले कुटपिट गरेको छ।।  रेडियो डोटीका स्टेसन मेनेजर गणेश मौनी पनि प्रहरीको अश्रुग्यास लागेर घाइते  भएका छन्। समचार संकलनका लागि फिल्डमा रहेको अवस्थामा पत्रकारलाई ताकेर प्रहरीले अश्रुग्यास हान्दा मौनी सामान्य घाइते भएका छन्।

    त्यसैगरी,  कारोबार दैनिकका डोटी समाचारदाता तथा बिम्ब नेपाली साप्ताहिकका सहसम्पादक  भूमिराज जोशीमाथि प्रहरीले कुटपिट गरेको छ।

    कार्यालयमा कालो झन्डा र तोडफोड

    डोटीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कालो झन्डा गाडिएको छ। सरकारी कार्यालयका बोर्ड फालिएको छ, जिल्ला वन, जिल्ला पशु सेवा, निर्वाचन कार्यालय, जिल्ला नापीको नवनिर्मित भवनमा तोडफोड गरिएको छ।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.