|

काठमाडौं : आज ऋषिपञ्चमी, हिन्दु नारीहरूको महान् पर्व तीजको अन्तिम दिन। आजको दिनमा हिन्दु नारीहरुले नदी, खोला, ताल, पोखरीहरुमा पुगेर दतिवनले दाँत माझ्नुका साथै, गाईको गोबर, तील र माटोले नुहाएर चोखो भएर पूजा गरेर तीज समापन गर्छन्। 

मंगलबार बिहानैदेखि हिन्दु नारीहरू नुवाईधुवाई गरेर पूजाआजा गर्नमा तल्लीन थिए। पशुपतिमा पनि नुहाउने र पूजा गर्नेहरुको घुइँचो थियो। यसैक्रममा केहीबेर पानी परेपछि भने पूजा गर्न अफ्ठ्यारो बनाएको थियो। कतिले छाता ओढेर पूजा गरिरहेका थिए, कतिले प्लाष्टिक त कतिपयले भिजेरै भएपनि पूजा सम्पन्न गर्न व्यस्त देखिन्थे।

हेरौ उक्त ऋषिपञ्चमी पूजाका केही फोटोहरु:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.