|

काठमाडौं : पछिल्लो समय सरकारी सवारीकाे दुरुपयोक बढ्दै गएको छ। सरकारी कर्मचारीले अाफ्नो निजी प्रयोगका लागिसमेत सरकारी सवारीसाधान प्रयोग गर्ने गरेको घटना नाैलो होइन। अझ बिदाको दिनसमेत सरकारी कर्मचारीले सरकारी सवारीसाधन दुरुपयोग गर्ने गरेको पाइएको छ। शनिबार मात्र एकैदिन ४९ सरकारी गाडी प्रहरीले नियन्त्रणमा  लिएको छ। ट्राफिक प्रहरीले शनिबार बिदाको दिन सरकारी सवारीसाधन चलाएर दुरुपयोग गरेको भन्दै उपत्यका विभिन्न स्थानबाट १८ चार पाङ्ग्रे र ३१ मोटरसाइकल नियन्त्रणमा लिएको छ। 

ट्राफिक प्रहरी महाशाखाले बिदाका दिन सरकारी नम्बर प्लेटका सवारीसाधन सडकमा अनुमति बिना चलाएको भन्दै ४९ सरकारी सवारीलाई नियन्त्रणमा लिएको हो। 

ट्राफिक महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले बिदाको दिन सरकारी सवारीसाधन चलउन नपाइने नियम भएको भन्दै पालना नगर्नेलाई शनिबारबाट कारबाही गर्न सुरु गरेको बताए।

उनले भने, 'कार्यालयको प्रयोजनका लागि दिइएको सवारीसाधन बिदाका दिन किन चलाउने? बिदाका दिन चलाउने हो भने सम्बन्धित निकायबाट पास बनाएर चलाए भयो नि!' 

यसअघि सरकारी सवारी बिदाका दिन चलाउनेदेखि पारीवारीक कामका लागिसम्म प्रयोग भएको बताउँदै अब यस्तो हुन नदिने बताए। शनिबार नियन्त्रणमा लिएका सवारीधान कानुनी प्रकृया पुर्‍याएर  संबन्धित सरकारी कार्यालयलाई बुझाइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.