|

काठमाडौं : सडक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीलाई घुस दिने गर्नुभएको छ ? गर्नुभएको छ भने अब तपाई सार्वजनिक मुद्दा लाग्न सक्छ। नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने गरेको पाइएपछि सार्वजनिक मुद्दा लगाउन थालिएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी घुस दिनेलाई मुद्दा चलाउन थालिसकेको छ ।  महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले घुस लिने मात्र होइन, दिनेलाई समेत सार्वजनिक अपराध ऐनअन्तरर्गत मुद्दा चलाउन थालिएको बताए।

उनका अनुसार गत साउनयता ट्राफिक प्रहरीलाई घुस दिने २० सवारीचालकलाई घुस रकमसहित पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभियोग दर्ता गरिसकिएको छ। ट्राफिक प्रहरीलाई घुस दिएको १४ हजार एक सय ८० रुपैयासहित उनीहरुलाई जिप्रका पेश गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.