|

काठमाडौं : नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिँदै छ। उनको कार्यकाल सकिनैलाग्दा नयाँ अाईजीपीका लागि दौडधुप सुरु भएको छ।

सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधारमा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो। तर, २०४९ सालयता कर्य क्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बन्दै आइरहेको छ।

बहुदलीय व्यवस्था पुन: स्थापना भएपछिको संसदीय निर्वाचनमा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालले रत्नशमशेर जबरालाई प्रहरी महानिरीक्षकबाट हटाएर मोतीलाल बोहोरालई त्यो जिम्मेवारी दिए। त्यस बेलादेखि अाईजीपी चयन राजनीतिक दाउपेच बन्दै आएको छ। पछिल्ला वर्ष त यो विषय झनै पेचिलो बनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.