|

काठमाडौं : एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश दिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन्।

दुई दलका प्रतिनिधि सम्मिलित कार्यदलले बुधबार तयार पारेको संगठनको मस्यौदामा कार्यकारी तहको एकै पदमा दुई कार्यकाल र नेतृत्वबाट अवकाशका लागि सत्तरी वर्ष उमेर हदको व्यवस्था हटाउन प्रस्ताव गरिएको छ।

‘सत्तरी वर्षमा सक्रिय राजनीतिक जविनको निवृत्त हुने व्यवस्था हटाइएको छ', कार्यदका एक सदस्यले भने ‘ त्सैगरी एएटै कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने व्यवस्था हटाइएको छ।'

बदुपदीय संगठनको संरचनामा एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल बस्न नहुने र नवौं महाधिवेशनबाट सत्तरी वर्षको उमेरमा अवकाश हुने व्यवस्गथा लागू गरेको थियो। यसअनुसार एमालेका दुई नेतहरु भरतमोहन अधिकारी र सद्धिलाल सिंहले सक्रिय पार्टी राजनीतिबाट बिदा लिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.