|

कञ्चनपुर : सरकारले मुलुकका दुर्गम क्षेत्रमा रहेका गाउँका जनतालाई आवश्यक सेवा सुविधा पुर्‍याउने खानेपानीमन्त्री विना मगरले दावी गरेकी छन्।

बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को दुर्गम गाउँ लालझाडी गाउँपालिका पुगेकी मन्त्री मगरले सरकारले गाउँगाउँमा सरकारी सेवा सुविधा पुर्‍याउने बताएकी हुन्।

मन्त्री आफ्नो गाउँमा आएपछि स्वागतमा गाउँलेले आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले गाउँका समस्या समाधानका लागि सरकारले गुरुयोजना बनाएर अगाडि बढ्ने बताइन्। उनले तराईका जंगल क्षेत्रका जनतालाई हात्ती आतंकले सताएको र अन्य क्षेत्रमा बाटो तथा नदी कटानको समस्या रहेकाले सरकारले ती समस्या समाधानमा ध्यान दिने बताइन्।

मन्त्री मगरले लालझाडीमा सञ्चालन भएको स्तन तथा पाठेघरुको मुखको क्यान्सर जाँच शिविरको पनि निरीक्षण गरेकी थिइन्। उक्त क्षेत्रमा पहिलोपटक यस्तो शिविर लागेको हो।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा मन्त्री मगरको पहलमा क्रान्तिकारी महिला सञ्जालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.