|

काठमाडौं : स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिई सरकारले अव पायक पर्ने स्थानमै खटाउने भएको छ। सरकारले स्वेच्छिक अवकाश प्याकेज कार्यान्वयन नगर्ने घोाषणा गरेलगत्तै असन्तुष्ठ बनेका कर्मचारीलाई सकभर रोजेकै पायक पर्ने स्थानमा खटाउने भएको हो।

पूर्ववर्ती शेरबहादुर देउवा सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेज देशको हितविपरित भएको भन्दै वर्तमान सरकारले त्यसलाई कार्यान्वयन नगर्ने भएपछि सो अवकाश प्याकेज रोजेका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाउने भएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश प्याकेज अव कार्यान्वयन नहुने भएकाले अवकाश प्याकेज रोजेकालाई सकभर पायक पर्ने स्थानमै खटाइने बताए। ‘स्वेच्छिक अवकाश प्याकेज लागु हुँदैन,’ मन्त्री पण्डितले भने ‘तर स्वेच्छिक अवकाशका लागि आवेदन दिएकालाई सकभर रोजेकै पायक पर्ने ठाउँमा खटाउने प्रयास गर्छौं।’ उनले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई अव स्वेच्छिक अवकाशको आशमा नवसी प्रतिवद्ध भएर जनताको सेवामा लाग्न समेत आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.