|

काठमाडौं : नेपाली सेनाले सैनिक मुख्यालयलगायत झन्डै दुई अर्ब लगानीका संरचना बीमा नगरी बनाइरहेको पाइएको छ। ०७२ बैशाख १२ को विनाशकारी भूकम्प तथा त्यसपछि आएका पराकम्पनका कारण क्षति पुगेको सैनिक मुख्यालय, वीरेन्द्र सैनिक अस्पतालको जवान लाइन, लक्ष्मी निवास तथा महाराजगञ्ज भवन लगायत संरचना निर्माण गर्दा बीमा नगरेको हो।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११२ अनुसार १० लाख रुपैयाँभन्दा बढी मूल्यको निर्माण कार्य गर्दा निर्माण व्यवसायीले निर्माण कार्य, उपकरण तथा सो कार्यमा संलग्न जनशक्तिको बीमा गर्नुपर्ने हुन्छ।

सेनाले भद्रकालीमा निर्माण गर्न लागेको सैन्य मुख्यालय एक अर्ब ७४ करोड १९ लाख ५२ हजार लागतको हो। त्यस्तै, वीरेन्द्र अस्पतालको जवान लाइन भनव १९ करोड ४५ लाख ३८ हजार, लक्ष्मी निवास चार करोड ६६ लाख दुई हजार तथा महाराजगञ्ज भवन चार करोड ४० लाखको लागतमा निर्माण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.