|

उदयपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुर जनसरकार प्रमुख पक्राउ परेका छन्।  त्रियुगा नगपालिकाको चुहाडे कालीखोला क्षेत्रबाट प्रहरीले जिल्ला जनसरकार प्रमुख जितबहादुर पुलामी मगरलाई पक्राउ गरेको हो। 

विभिन्न समयमा बम विस्फोट गराएर क्षति पुर्‍याएको, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुसमा पारेको आरोप उनीमाथि लागेको जिल्ला प्रहरी कार्यालयलका निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी मेघराज अधिकारीले बताए।

प्रतिनिधिसभा निर्वाचनमा काग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार उनैलाई मानिँदै आएको छ।‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारलाई लक्ष्य गरी बम पड्काउने योजनाकार भएको प्रमाण प्रहरीले फेला पारेको छ,’ डीएसपी अधिकारीले भने, ‘मगरको नाममा ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा दर्ता गरेको छ।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.