काठमाडाैं : के तपाइँले घर भाडामा लिएर बस्नु भएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्राई गर्दै हुनुहुन्छ कि?
तीन महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालले कारबाहीको प्रक्रिया अघि बढाउनेछ, घरमा ताला लगाएर लज्जित बनाउन सक्छ, ख्याल गर्नुहोला। यो ऐन भदौ १ गतेबाट लागू हुनेछ।
मुलुकी देवानी ऐन २०७४ को दफा ४ सय ४ मा घर लिने कुनै व्यक्ति बिना सूचना तीन महिना वा सो भन्दाबढी अवधिसम्म घरभाडा नबुझाई बेपत्ता भएमा र निजलाई सार्वजनिकरुपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजको कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएका घरधनीले स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो बेहोराको निवेदन दिनुपर्नेछ। त्यसपछि १५ दिनको सूचना दिई वडा कार्यालयले बहालवालाई उपस्थित हुने सार्वजनिक सूचना गर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।