|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने सेवा कागजविहीन (पेपरलेस) बनाउने गरी उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले ‘भिजन २०३०’ अगाडि बढाइरहेका बेला त्रिविका कतिपय विभाग प्रमुखले भने विद्यार्थीहरु रोजगारविहीन हुनुपर्ने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरेका छन्।

कतिपय विभागका प्राध्यापकहरुलाई विद्यार्थी पढाउन नपाएको चिन्ता पनि रहेको बताइएको छ। विभागमा विद्यार्थी पढ्न नआउनुलाई प्राध्यापकको दोष देखाएर उनीहरुको रोजगार गुम्नसक्ने संकेत गरिरहेका बेला त्रिविका प्राध्यापकहरुले यस्तो गुनासो गरेका हुन्।

त्रिविको ‘भिजन २०३०’ निर्माण गर्न सक्रिय भई विभिन्न ठाउँमा नीति प्रसार तथा कार्यान्वयन कार्यशाला गोष्ठी समेत गर्दै आएका कुलपति खनियाँले यसबारे विभिन्न क्याम्पस प्रमुखसमक्ष विद्यार्थी पाउन गाह्रो हुने र विभागका प्राध्यापकहरुको जागिर जान सक्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.