मुक्तिनाथ : नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।
प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए। भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गरेका थिए। मोदी आजै बिहान काठमाडौँ फिर्ता भए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।