|

काठमाडौं : करिब एक महिनाको बीचमा भएको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणका वेला नेपालले व्यापार घाटा न्यूनीकरणको विषयलाई जोडदार रूपमा उठायो।

नेपालको भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न दुवै मुलुक सहमतसमेत भएका छन्। तर, दुवै प्रधानमन्त्रीको भ्रमणपछिको संयुक्त वक्तव्यलगायत भ्रमणका क्रममा सार्वजनिक भएका दस्ताबेजहरूमा व्यापार घाटा न्यूनीकरणको ठोस उपाय भने उल्लेख छैन ।

तर, दुवै देशले उच्चस्तरीय सरकारी अधिकारीसम्मिलित टोलीले यो विषयमा ठोस धारणा बनाउने सहभि गरेको उल्लेख गरेका छन्। नेपालमा हालै सम्पन्न वाणिज्य सचिव स्तरको अन्तर सरकारी समिति ९आईजीसी० मिटिङले पनि व्यापार घाटा घटाउने विषयलाई जोड दिएको छ।

भारतसँगको व्यापार घाटा बढेको बढ्यै

कुल वैदेशिक व्यापारको ६४ प्रतिशत भन्दा बढी हिस्सा ओगेट्ने छिमेकी मुलुक भारततर्फ निर्यातको तुलनामा आयात वृद्धि उच्च हुँदा व्यापार घाटा डरलाग्दो बढीरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

यस आर्थिक वर्षको ९ महिनामै नेपालले भारतसँगको व्यापारमा पाँच खर्ब ४१ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ घाटा बेहोरेको छ। जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा एक खर्ब दुई अर्ब ९२ करोडले बढी हो। अघिल्लो आव २०७३\७४ को नौ महिनामा नेपालले भारतसँगको व्यापारमा चार खर्ब ३८ अर्ब ८६ करोड रुपैयाँ घाटा बेहोरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.