झापा (दमक) : नेकपा केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जिल्लाबाट १२ जना परेका छन् । जसमा तत्कालीन नेकपा एमालेका १० जना छ भने माओवादी केन्द्रका २ जना परेका छन्।
तत्कालिन एमालेबाट केन्द्रीय समितिमा पर्नेमा अध्यक्ष ओलीसहित तत्कालिन एमालेका केन्द्रीय सदस्य, मेची इन्चार्ज पनि रहेका हिक्मत कार्की पनि छन्। उनी हाल एक नम्बर प्रदेशको आन्तरीक मामिला तथा कानुनमन्त्री हुन्। उनीसहित तत्कालीन वैकल्पिक केन्द्रीय सदस्यहरू रवीन कोइराला, भास्कर काफ्ले, हरि राजवंशी पनि केन्द्रीय कमिटीमा परेका छन्।
यस्तै, झापा बिद्रोहकालिन नेता नरेश खरेल, पुराना नेता युवराज कार्की, लामो समय झापाको नेतृत्व गरि तत्कालीन एमालेको लेखा परीक्षण आयोगका सदस्य रहेका देवेन्द्र दाहाल र हालका अर्थमन्त्री डा. युवराज खतिवडासमेत नवगठित पार्टीको केन्द्रीय सदस्य बनेका छन्। यस्तै, एमाले केन्द्रीय कमिटीमा रहँदै आएका झापाका देवराज घिमिरेको नामसमेत केन्द्रीय सदस्यको सूचीमा रहेको छ।
यसै गरि, तत्कालीन नेकपा माओवादी केन्द्रका नेता एवम् झापा क्षेत्र नं. १ का सांसद सुरेन्द्र कार्की र नेतृ तथा सांसद धर्मशिला चापागाईं पनि नयाँ पार्टीको केन्द्रीय सदस्यको सूचीमा परेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।