|

विश्वकप २०१८ को दोस्रो नकआउट खेल चलिरहेको छ। पहिलो हाफ सकिएको छ। जसमा उरुग्वेले अग्रता लिएको छ। 

उरुग्वेले पोर्चुगललाई १-०ले पछि पारेको छ। उरुग्वेका एडिनसन काभानीले खेलको सातौँ मिनेटमा गोल गरेर अग्रता लिएका हुन्। त्यसपछि दुवै देशले गोल गर्न सकेका छैनन्। 

स्पेनविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका स्टार खेलाडी क्रष्टियानो रोनाल्डोले पनि गोल गर्न सकेका छैनन्। त्यस्तै पोर्चुगलका स्टार लुइस सुवारेजले पनि  गोल गर्न सकेका छैनन्।

दुवै देशले राम्रा अवसर भने सिर्जना गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.