|

चितवन : त्रिभुवन विश्व विद्यालयबाट छुटेर कृषि तथा वन विज्ञान विश्वविद्यालय बनेपछि चरम विवादमा रुमलिएको थियो त्रिविअन्तर्गत चितवनको रामपुर कृषि क्यम्पस। जसका कारण विगत ६ वर्षदेखि चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले मात्रै कृषि क्याम्पस सञ्चालन गरेको थियो। त्रिवि अन्तर्गतको कृषिका कक्षाहरू अन्यत्रै सरेका थिए। तर ६ वर्षको अन्तरालपछि आजबाट पुन त्रिविले चितवनको खैरहनीमा कृषि क्याम्पस पुन स्थापना गरेको छ। 

चितवनको रामपुरबाट सारेर पुर्वी चितवनको खैरहनीमा लगी क्याम्पस स्थापना गरेको हो। आज एक कार्यक्रमका बीच क्याम्पसका त्रिवीका उपकुलपति डा. तीर्थ खनियाले उदघाटन गरे। उनले हाललाई स्नातकमा ५० जना विद्यार्थी अध्ययन गर्ने गरी क्याम्सर सञ्चालन भएको जानकारी दिए। यहाँ २०६९ देखि कक्षा रोकिएको थियो। उनका अनुसार चितवनसँगै हाल त्रिवीको चार वटा आंगिक क्याम्पस छ।

एउटा लमजुङकाे सुन्दरबजारमा, अर्काे भैरहवा पक्लिहवामा यसअघि नै सञ्चालन भएका थिए भने  झापाको गौरादहमा भने यसपाली पहिलो पटक कृषि क्याम्पस स्थापना भएको हो। चितवनमा त्रिभुवन विश्वविद्यालयले २०१४ सालमा नै जेटिए कक्षा  सञ्चालन गरेको थियो। २०२९ सालदेखि कृषिको कक्षा सुरु गरेको थियो।पछिल्लाे पटक कृषि विश्वविद्यालय स्थापनको प्रक्रियासँगै अस्तव्यस्त र चरम राजनीति लागेर कृषि क्याम्पसको पठनपाठन समेत प्रभावित भएको थियो। पछिल्लो समयमा स्वामित्वको विवाद समेत मिल्दै गएपछि अब भने त्रिविले चितवनमा कृषि क्याम्पस क्याम्पस हटाउन नहुने निष्कर्षसहित कक्षा सञ्चालन गरेको हो।

 ‘म उपकुलपति र चिवतन बासीका नाताले चितवनको कृषि क्याम्पसको बोर्ड हट्नु हुन्न भनेको हुँ, पत्रकारसँग त्रिविका उपकुलपति प्रा. डा. तीर्थ खनियाले भने, 'चितवन कृषिले पुरानो इतिहास जोडिएको छ।'

 विगतको स्मरण गर्दै उनले त्रिभुवन विश्वविद्यालयसँग सहमति नै नगरी एक प्रकारको आक्रमण गरेर कृषि तथा वन विज्ञान विश्वविद्यालय बनेको बताए। जसले गर्दा विगत ६ वर्षदेखि रोकिएको कृषि क्याम्पस अहिले सुरु गरिएकोमा खुसी व्यक्त पनि गरे। रामपुरलाई नेपालकै केन्द्र मानेर कृषिका गतिविधि हुन्छ। कृषिमा नेपालकै अग्रणी हो रामपुर। फेरि कृषि डिन यहाँ रत्ननगर र खैरहनीको नगरप्रमुख तथा क्याम्पस प्रमुख समेत रामपुरमै पढेका हुन्। आवश्यक सहयोग खैरनी नगरपालिकाले गर्नै प्रतिबद्धता जनाएपछि कृषि क्याम्पस खैरहनीमा स्थापना गर्न सजिलो भएको हो।

रामपुरमा कृषि क्याम्पस राख्दा विवाद आउन सक्ने भएकाले यता ल्याइएको हो। गीताभक्त जोशीको नेतृत्वमा बनेको एक समितिको प्रतिवेदन अनुसार नै उक्त क्याम्पसलाई खैरहनीमा सञ्चालन गरिएको  पुल्चोक ईन्जिनियरिङ क्याम्पसका डिन त्रिरत्न बज्राचार्यले बताए।

रामपुरमा भने ईन्जिनियरिङ कलेज खुल्ने 

साविक कृषि क्याम्पस भएको चितवनको रामपुरमा भने इन्जिनियरिङ कलेज बन्ने भएको छ। त्रिभुवन विश्वविद्यालयका डिन प्रा डा‍ तीर्थ खनियाले रामपुरमा ४० विगाहा ईन्जिनियरिङका लागि जग्गा रहेको जानकारी दिए। उनले यहाँको कलेज पुल्चोकको भन्दा अत्याधुनिक र प्रविधियुक्त हुने समेत बताए। भरतपुर महानगरसँग मिलेर कलेज स्थापनाको पहल थालिएको छ। 

कामचलाउ खालको नभई बृहत्तर रुपमा बनाऐने बताए। नेपाल सरकारले बजेट लगाउन नसक्ने अर्बाैं लाग्ने भएकाले एडिवी, विश्व बैंक विभिन्न ठाउँको सहकार्यमा इन्जिनियरिङ कलेज खोल्ने उनको भनाई छ। भरतपुर महानगरसँगको सहकार्यका लागि छलफल समेत भइरहेको जनाइएको छ।

कृषि क्याम्पसको केन्द्रीय कार्यालय चैनपुरमा बन्ने 

चितवनको खैरनी नगरपालिका ४ स्थित कंकाली वनअन्तर्गत चैनपुरको भुत्याहामा कृषि क्याम्पसको केन्द्रीय कार्यालय स्थापनाको पहल सुरु भएको छ। सामुदायिक वनले उपभोग गर्न अनुमति दिएको छ। अहिले डिपिआर तयार गर्ने क्रममा रहेको डा. खनियाले बताए। यहाँ भने ३५४ विगाहा जग्गा छनोट भएको छ। डिपिआर र इआइए गरेर सरकारको अनुमतिमा काम गरिने छ। हेटाैँडामा १०० विगाहा जग्गा त्रिविको छ। 

यसअघि चितवनको शक्तिखोरमा कृषि क्याम्पसको केन्द्रीय कार्यालय बन्ने भनेर प्रचार चलेको थियो। तर त्यहाँ सेनाको गण बसेको र औद्योगिक क्षेत्र बन्ने भएकाले यहाँ ठाउँ अभाव भएको थियो। त्यसपछि ठाउँ खोज्दै जाँदा भुत्याहामा ठाउँ छनोट भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.