काठमाडौं : एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको ‘ड्र’ फेरि सार्वजनीक गरिने भएको छ। यसअघि सार्वजनिक भएको ‘ड्र’ लाई रद्ध गर्दै एएफसीले फेरि नयाँ समूह विभाजन गर्ने तयारी गरेको हो। सिरिया र प्यालेष्टाइनलाई एसियन गेम्समा सहभागी गराउनुपर्ने भएपछि नयाँ ड्र सार्वजनिक गर्न लागिएको हो।
पुरुष फुटबलअन्तर्गत यसअघि सार्वजनिक गरिएको ‘ड्र’ अनुसार नेपाल समूह ‘डी’ मा परेको थियो। नेपाल रहेको समूहमा एसियन पावर हाउस जापानसहित भियतनाम र पाकिस्तान परेका थिए। यसअघि २४ टिमलाई ६ समूहमा विभाजन गरिएको थियो।
एसियन गेम्स आगामी महिना इन्डोनेसियाको जाकार्तामा हुँदै छ। सो प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ बाट सेप्टेम्बर १ मा हुदैछ । प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा यसअघि नै गरिएको छ।
जसमा किरण चेम्जोङ, भरत खवास र रोहित चन्दलाई सिनियर खेलाडीको रूपमा प्रतियोगितामा समावेश गरिएको छ। एसियन गेम्समा २३ वर्षमुनिका खेलाडी समावेश हुने गरेका छन्। जसमा २३ वर्षमाथिका ३ सिनियर खेलाडी राख्न पाउने व्यवस्था छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।