|

काठमाडौं : हिमशिखर आरोही तथा मानवतावादी डा. डेनियल मजुरलाई यस पटकको सर एडमण्ड हिलारी माउण्टेन लिगेसी मेडल दिइने भएको छ। उनलाई हिमाली क्षेत्रका संस्कृति र प्रकृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान गरेवापत उक्त पदक दिइन लागेको बताइएको छ।

सोसल पोलिसी एनालिसिसमा विद्यावारिधि प्राप्त मजुरले सगरमाथालगायत विश्वका आठ हजार मिटर अग्ला धेरै हिमाल आरोहण गरिसकेका छन्। उनको माउण्ट एभरेस्ट फाउण्डेसन फर सस्टेनेबल डेभलपमेन्टले हिमाली क्षेत्रमा धेरै कामहरू गरिसकेको छ। भूकम्पपीडितलाई उद्धार, विद्यालय र क्लिनिक संचालनमा सहयोग तथा शेर्पाहरूलाई पर्वतारोहण तालिम पनि दिँदै आएको छ। अहिले यस संस्थाले सगरमाथा बायोग्यास परियोजनाका लागि काम गर्दै आएको छ।

हिलारीको ९९औँ जन्मदिनको अवसरमा गत जुलाई २० मा सर एडमण्ड हिलारी माउण्टेन लिगेसीका अध्यक्ष डा. कुमारप्रसाद मैनालीले मजुरलाई उक्त पदक दिने घोषणा गर्दै मजुरको प्रकृति संरक्षणका क्षेत्रमा योगदानबारे चर्चा गरे। 

उक्त पदक आगामी डिसेम्बर ११ (अन्तर्राष्ट्रिय पर्वतीय दिवस)का अवसरमा नेपाल पर्वतारोही संघको पाँचौँ वार्षिक पर्वतीय महोत्सवका अवसरमा पोखरामा दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.