|

काठमाडौं : नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले पार्टी नेतृत्व अलोकतान्त्रिक गतिविधमा अग्रसर भएको आरोप लगाएका छन्।

पार्टी नेतृत्वले नेविसंघले पठाएको विधान पारित नगरेका कारण आक्रोशित बनेका महामन्त्री काफ्लेले पार्टी आफैँ लोकतान्त्रिक पद्धतिमा चल्न नसकेको आरोप लगाएका हुन्। 'कम्युनिस्ट सरकारको अतिवादको विरुद्ध लड्नुपर्ने यस समयमा नेपाली कांग्रेसले कस्तो चरित्र प्रदर्शन गरिरहेको छ? आफ्ना  गतिविधि कति लोकतान्त्रिक छन्? सामाजिक न्यायका निम्ति के गरिरहेको छ? भनेर जनताले नजिकबाट मूल्यांकन गरिरहेका छन्', काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति निकाल्दै काफ्लेले नेतृत्वले पार्टीमा बहुमतको दम्भ देखाउन खोजेको आरोप लगाएका हुन्। 'पछिल्लो पटक बसेको नेविसंघ केन्द्रीय समितिले पेस गरेको सर्वसम्मत विधानलाई पार्टीको मूल नेतृत्वले लत्याउँदै बहुमतको दम्भको आधारमा आफूअनुकूलको व्यक्तिलाई स्थापित गराउने उद्देश्यले चालेको कदम घोर आपत्तिजनक छ', विज्ञप्तिमा भनिएको छ। कुनै पनि हालतमा नेविसंघको महाधिवेशन गर्नै पर्ने काफ्लेद्वारा विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.