|

कोपा लिबरटोडोरेसको उपाधि अर्जेन्टिनाको रिभर प्लेटले जितेको छ। दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता लिबरटोडोरेको उपाधि रिभर प्लेटले जितेको हो।

अर्जेन्टिनामा तनाव भएपछि  स्थगित भएको खेलमा आइतबार राति  स्पेनको राजधानी मड्रिडमा भएको फाइनलमा बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उपाधि जितेको हो।

बोका जुनियर्सको मैदानमा भएको पहिलो लेगको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। दोस्रो लेगको खेलमा रिभर प्लेट अतिरिक्त समयमा ३–१ ले विजयी भयो । समग्रमा ५–३ को जित दर्ता गर्दै रिभर प्लेटले बोका जुनियर्समाथि ऐतिहासिक जित दर्ता गर्‍यो।

कट्टर प्रतिद्वन्द्वीबीचको दोस्रो लेगको खेल रिभर प्लेटको मैदानमा हुनुपर्ने थियो। तर बोका जुनियर्सका खेलाडी सवार बसमाथि रिभर प्लेटका समर्थकहरुले आक्रमण गरेपछि रोकिएको खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट झण्डै ६ हजार माइल टाढा स्पेनको राजधानी मड्रिडमा सारिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.