|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखेका छन्।

नेता श्रेष्ठले मुख्यतया चार विषय, विधानको अन्यौलता र असमझदारी, हालसम्म प्रकाशित हुन नसकेको राजनीतिक प्रतिवेदन, मापदण्डको उल्लंघनका गुनासालाई तत्काल नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए।

अर्को प्रसङ्गमा नेता श्रेष्ठले सरकार चौतर्फी घेरामा परेका बेला सरकारको कमिकमजोरीबारे आत्माआलोचना गर्नुहुन्न भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी गरे। स्थायी कमिटीको बैठकमा नेता श्रेष्ठले सरकारलाई सफल पार्ने भएमा आत्माआलोचित हुनुपर्ने बताए। बैठकमा बोल्दै सरकारका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएको टिप्पणी आएको भोलिपल्ट प्रवक्ता श्रेष्ठले सरकारलाई सफल पार्ने हो भने आत्माआलोचना गर्न जरुरी भएको बताए। 'एकजना कमरेडले सरकारको कमजोरीबारे आत्माआलोचना अहिले गर्नु सान्दर्भिक छैन भन्नुभयो। यदि आत्माआलोचना नगर्ने हो भने सरकार सफल हुदैन', आत्माआलोचना नगर्नेहरु कम्युनिस्ट हुन सक्छन्?'

नेता श्रेष्ठले पार्टीको बैचारिक तथा सैद्धान्तिक विषयसँगै भ्रष्टाचारलाई जोड्दै चिकित्सा शिक्षा क्षेत्रको गुणस्तरियताको माग राख्दै अनशन सुरु गरेका डा.गोविन्द केसीको अभियानलाई गम्भीररुपमा नलिएर २५ दिन पुराएर सरकारको गल्ती गरेको आरोप लगाएका छन्।

सांगठनिक एकिकरणको बाँकी प्रक्रिया, कार्यविभाजन यही बैठकबाटै टुंग्याउनुपर्ने श्रेष्ठले जोड दिए। भने, 'एकता र कार्यविभाजनमा यताउती गर्न मिल्दैन। नेतृत्व गम्भिर भएर टुंग्याउनुपर्छ।'

डा. गोविन्द केसीको अनशन लम्बाउने देखि लिएर दर्जनौ विषयमा सरकार चुकेको भन्दै सदस्यहरुले त्यसको कटु आलोचना गरेका छन्। अध्यक्षद्वयको प्रतिवेदनमाथि हालसम्म ४१ सदस्यले आफ्नो असन्तुष्टी र सुझाव राखेका छन्। शुक्रबार नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट, छविलाल विश्वकर्माले आफ्नो धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.