|

एकदिवसीय क्रिकेट खेल्ने देशको संख्या बढ्दै गएको छ। जसमा फुल म्याम्बरत १२ देश नै रहेका छन्। तर एकदिवसीय क्रिकेटमा १५०० बढी खेल खेल्ने देश भने जम्ममा तीनवटा मात्र रहेका छन्।

ती तीन देश हुन् अस्ट्रेलिया, इंग्ल्यान्ड र भारत। जसमा अस्ट्रेलिया सर्वाधिक सफल एकदिवसीय टिम हो। उसले १ हजार जित निकालेको छ भने ५९३ खेलमा पराजित भएको छ। अन्य खेल ड्र र नतिजाविहीन रहेको छ। त्यस्तै इंग्ल्यान्डले १८३३ खेल खेलेको छ।

जसमा ७७४ खेलमा जित निकाल्दा ६१५ खेलमा हार व्याेहोरेको छ। बाँकी खेल ड्र र नतिजाविहीन रहेको छ। भारतले १५९७  एकदिवसीय खेल खेलेको छ। जसमा ७११ खेलमा जित निकाल्दा ६१५ खेलमा हार व्यहोरेको छ बाँकी खेल नतिजाविहीन र ड्र खेलेको छ। अन्य कुनै पनि समकालीन टिमले १५ सय खेलको आँकडा छुन सकेका छैनन्। 

धोनीको १० हजार रन पूरा

धोनीले यो खेलमा १ रन जोडेसँगै १० हजार रनको कीर्तिमान पूरा गरेका छन्। उनी १० हजार रन पूरा गर्ने भारतका पाँचौ ब्याट्सम्यान हुन्। उनीअघि सचिन तेन्दुलकर, सौरव गांगुली, राहुल द्रविड र विराट कोहलीले १० हजार रनको कीर्तिमान पूरा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.