|

बाजुरा : बाजुराको बूढीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बूढीगंगा नगरपालिका ८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले बालिकलाई जवरजस्तीकरणी गरेको आरोपमा थापालाई मंगलबार पक्राउ गरेको थियो। गत मंसिर २७ गते दिउँसो घर नजिकैको भैँसी गोठमा गाई भैँसीलाई घाँस र पानी खुवाउन गोठमा गएको समयमा बालिकालाई अभियुक्त थापाले मुख छोपेर जबरजस्तीकरणी गरेको पत्रकार सम्मेलनमार्फत् जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटले बताए।

प्रहरी प्रमुख भाटका अनुसार थापा र पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिसकेको छ। साथै पीडक थापाले जबरजस्तीकरणी गरेको प्रहरी अनुसन्धानका क्रममा स्वीकार गरेका छन्। उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.